Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • साथीहरूको चित्त बुझ्छ भने म चुनाव नलड्न पनि सक्छु : गुरुराज घिमिरे
साथीहरूको चित्त बुझ्छ भने म चुनाव नलड्न पनि सक्छु : गुरुराज घिमिरे
गोर्खा पोष्ट
गोर्खा पोष्ट शनिबार, असोज १५, २०७९

काठमाडौं । नेपाली कांग्रेसमा पछिल्लो दिन चर्किएको डा. शेखर कोइराला समूहको असन्तुष्टिको अगुवाइ गर्ने नेता हुन्, गुरुराज घिमिरे । समानुपातिकको बन्दसूची सच्याउनुपर्ने र प्रत्यक्षतर्फ टिकट वितरण न्यायोचित हुनुपर्ने माग गर्दै शेखर समूहका नेताहरूले घिमिरेकै अगुवाइमा खबरदारी सभा, धर्ना हुँदै बिहीबार छुट्टै चियापान कार्यक्रम गर्‍यो ।

समानुपातिकको बन्दसूची सच्याउँछौं भनेको भन्दै नेता घिमिरे भन्छन्, ‘अब भोलि बेलुकासम्म पर्खन्छौं । सूची सच्चिनेमा हामी आशावादी छौं । सूची सच्चिने अन्तिम समयसम्म पनि सम्बोधन भएन भने पार्टीका कार्यकर्ताको भावना अनुसार निर्णय गरेर अघि बढ्छौं ।’

प्रस्तुत छ, नेता घिमिरेसँग गरिरएको कुराकानीको सम्पादित अंश :

पार्टी नेतृत्वलाई दबाव दिन भनेर सुरु गरेको खबरदारी सभा, धर्ना र चियापान आजबाट सकियो । सभापति शेरबहादुर देउवालाई दबाव पुग्यो ?

समानुपातिकमा क्लष्टर, नाम, थर मिलाउने प्राविधिक विषय छँदैछन् । त्यसको सँगसँगै राजनीतिक विषय पनि सभापतिले सम्बोधन गर्नुपर्दछ । सूची सच्याउनुपर्दछ भन्ने हाम्रो माग प्राविधिक सच्चाइसँग सम्बन्धित छैन ।

राजनीतिक रूपमा सच्चिनुपर्छ भन्नुको अर्थ जुन अनुपातमा हामीलाई छुट्याइएको छ, त्यो बिल्कुलै न्यून छ । हाम्रो समूहलाई फाट्टफुट्ट दिएर सूची पठाउने काम भएको छ । यो सन्तुलित भएन, न्यायोचित भएन भनेर नै हामीले खबरदारी गरेका हौं । न्यायोचित वितरण गर्दा कहिलेकाहीं गणित गौण हुन्छ । त्यसमा ४०/६० (प्रतिशत) नै हुनुपर्छ भन्ने हुँदैन । त्यो ४० पनि हुनसक्छ, ३५ प्रतिशत पनि हुनसक्ला । कतिपय स्थानमा शेरबहादुर दाइलाई नै भोट हालेका व्यक्तिलाई न्याय गर्नुपर्ने हुन्छ । तर अवसरको समुचित वितरण हुनुपर्दछ ।

अर्को कुरा, समानुपातिक पद्धति भनेको पार्टीमा लामो समय काम गरेका, समाजले पत्याएका र सीमान्तकृतलाई राज्य सञ्चालनको माथिल्लो तहमा ल्याउने बाटो हो । तर यसलाई दुरुपयोग गरिएको छ । जसले राज्य सञ्चालन गरिसकेको छ, प्रतिस्पर्धात्मक क्षमता पनि छ; तिनै व्यक्तिले प्रतिस्पर्धा गर्न नसक्नेको भाग खोस्ने हो ?

त्यो बाटो अवरुद्ध गर्नुहुँदैन भनेर हामीले खबरदारी गरेका हौं । हाम्रो सभा, धर्नालगायतका कार्यक्रमले साथीहरूले उठाउनुभएको कुरा ठिकै छ भन्ने सभापतिलाई लाग्यो होला । असन्तुष्टि सम्बोधन गर्छु भन्नुभएको छ, सच्याउन तयार भएको शेखर दाइलगायत पार्टीका पदाधिकारीले जानकारी गराउनुभएको छ ।

अब भोलि बेलुका (शुक्रबार साँझ) सम्म पर्खन्छौं । सूची सच्चिनेमा हामी आशावादी छौं । सूची सच्चिने अन्तिम समयसम्म पनि सम्बोधन भएन भने पार्टीका कार्यकर्ताको भावना अनुसार निर्णय गरेर अघि बढ्छौं ।

सच्चिएन भने विद्रोहको चरणमा प्रवेश गर्छौं भन्ने गर्नुभएको छ, त्यो भनेको के हो ?

लोकतान्त्रिक पार्टीले आवधिक निर्वाचनमा कार्यकर्तालाई भूमिका दिनुपर्दछ । अवसर पाउँदा समुचित र न्यायपूर्ण हुनुपर्दछ । अवसर दिइएन भने अन्याय भएको ठहर्छ ।
जसको पहुँच छ, उसैले टिकट लिन्छ, के गर्ने त ?

हाम्रो पुर्पुरोमा रहेनछ भनेर जे पनि सहने परम्परा हो । नयाँ पुस्ताले त्यो सहँदैन । हामी केहीले सहुँला । हाम्रोभन्दा पछिल्लो पुस्ताले परम्परालाई स्वीकार्दैन । उसले दुनियाँको लोकतान्त्रिक अभ्यास देखेको छ, लोकतान्त्रिक अभ्यास अध्ययन गरेको छ ।

अमेरिकन प्रोफेसर सी आइट मिल्सले आफ्नो पुस्तक ‘दि पावर इलिट’मा प्रतिस्पर्धीलाई माथि उठ्नै नदिने दुनियाँका लागि यो रोग हो भनेर लेखेका छन् । उनी भन्छन्, ‘यसले राजनीतिको मूल्यमान्यतालाई ध्यान दिंदैन ।

लोकतान्त्रिक मूल्यमान्यता अनुसार समाजलाई अघि बढ्न दिंदैन । अहिले हाम्रो पार्टीमा यस्तै भएको छ । प्रतिस्पर्धी समूहलाई उछिन्न पो नदिने हो । यस्तो विश्वभरि नै हुन्छ । प्रतिस्पर्धीलाई उछिन्न पो नदिने हो, उभिनै नदिने ? उम्मेदवार नै बन्न नदिने पनि हुन्छ र ?’

मेरो पुस्ताले पुस्तागत रूपमा यसलाई एकहदसम्म मान्यो होला, नयाँ पुस्ता प्रतिस्पर्धीलाई उभिनै नदिने कार्य मान्न तयार छैन । हामी (शुक्रबार) १४ गतेसम्म पर्खन्छौं । सूची सच्चिन्छ भनेर नेताहरूले भन्नुभएको छ । सच्चिएर आयो भने कहाँ कहाँ सच्चियो, हेर्छौं । सच्चिएन भने अर्को निर्णय गर्छौं ।

समानुपातिकको सूची बनाउने शैलीसँग प्रत्यक्षको टिकट वितरण पनि जोडिएको छ ?

प्रत्यक्षमा हामीलाई अवसर नदिने नै यो पूर्वाभ्यास हो । पूर्वाभ्यास वर्षभरि हुँदै आएको छ । राष्ट्रिय सभा, स्थानीय तहको उम्मेदवार, मन्त्री नियुक्त, राजनीतिक नियुक्ति, केन्द्रीय समिति विस्तार, भ्रातृ संस्थाको नेतृत्व चयनमा एकलौटी हुँदैआएको छ । त्यो चरण अब समानुपातिकमा आइपुगेको छ ।

त्यसैले समानुपातिकको सूची सच्चिएन भने किटैरै भन्न सकिन्छ कि हाम्रो समूहले उम्मेदवार धेरै पाउँदैन । बाध्यात्मक रूपमा उम्मेदवार बनाउनैपर्ने, पदाधिकारी भएकाले वा उहाँहरूको ठाउँमा उम्मेदवार बलियो नभएका कारण बाहेक प्रतिस्पर्धी समूहलाई मौका दिनुहुन्न ।

समानुपातिकको सूची त्यसको संकेत हो । नेताहरूले कसरीले लिनुभएको छ, थाहा छैन । तर कार्यकर्तामा असन्तुष्टि भित्रभित्र भुसको आगो झैं फैलिरहेको छ । त्यसैको प्रकट रूप हो खबरदारी सभा ।

अब शुक्रबार साँझसम्म पनि समानुपातिकको सूची सच्चिएन भने हामीसँग दुई विकल्प हुन्छन् । एउटा– जे निर्णय हुन्छ, चुपचाप सहने । अर्को विकल्प हो, विद्रोह गर्ने । यी दुई विकल्पमा के गर्ने १४ गतेपछि निर्णय हुन्छ ।

तपाईंकै समूहमा दुवै मत राख्ने नेताहरू भेटिन्छन् । यस्तो अवस्थामा तपाईंले भनेजस्तो विद्रोह हुनसक्ला ?

विद्रोह नै होला भनेर ठ्याक्कै अहिले भन्न सक्दिनँ । साथीहरूको मतलाई हेरेर यसमा निर्णय हुनुपर्दछ । मेरो व्यक्तिगत कुरा चाहिं पछिल्लो विकल्प (विद्रोह)मा ५० प्रतिशत सहमत छु ।

राजनीतिक विभेदविरुद्ध नबोल्ने हो भने लोकतन्त्र भनिरहनुको अर्थ छैन । कार्यकर्ताको पीडा, वेदना बुझ्नसक्नु पर्‍यो नि ! पार्टी भनेको बृहत् परिवार हो । ८ लाख ५२ हजार क्रियाशील सदस्य भएको पार्टी हो । त्यसको तीन गुणा बढी साधारण सदस्य छन् । कांग्रेस कसैको निजी मामिला होइन । अवसर बाँडफाँटलाई निजी वा घरेलु मामिला बनाउने ? आधुनिक लोकतन्त्रमा कुनै कार्यकर्ताले यो मान्दैन ।

कतिपयको बुझाइ तपाईंहरूको विरोध दुई/चार जनाको अवसरका लागि गरिएको रडाको हो भन्ने पनि छ नि ?

साथीहरूले पनि यो कुरा मलाई भन्ने गर्नुहुन्छ । तर म केमा अविचलित छु भने साथीहरूलाई न्याय भयो भने ठीक छ । चित्त बुझाउनेसम्म भए ठिकै छ । पार्टीमा जितेको, कलमकापी आफ्नो हातमा भएको पक्षले अलिकति बढी राखेछ भने केही ज्यादती खपौंला । तर, आशाका किरण नै नदेखिने गरी जबरजस्ती निर्णय लाद्ने काम भयो भने मान्य हुँदैन ।

तपाईंहरू जसलाई आफ्नो नेता मानेर हिंड्नुभएको छ, उहाँहरू नै दबाव अभियानमा अनुपस्थित भएकाले पनि यो प्रश्न उठेको जस्तो लाग्दैन ? पार्टी प्रवक्ता स्वयंले भन्नुभएको छ, सहमतिमै निर्णय भएको हो, अन्यथा भएको भए त निर्णय गर्ने साथीहरू बाहिर बोलिहाल्नुहुन्थ्यो !

हामी हाम्रा नेताहरूसँग सम्पर्कमा छौं । बुधबार पार्टी कार्यालयको धर्नापछि पनि नेता शेखरसहित महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डेलाई भेट्यौं । उपसभापति धनराज गुरुङसँग फोनमा कुरा गरें । विरोधका कार्यक्रम चलाउँदा पनि हामी सम्पर्कमै छौं ।

हाम्रो समूहबाट जो सूची बनाउन बस्नुभयो, उहाँहरूले हामीलाई भनेको के हो भने अहिलेलाई हतार भयो, जेजे नाम राख्न सक्छौं राखिदिऔं भन्नेभयो । १४ गतेभित्र सबै नाम हेरफेर गर्नसक्ने जानकारी निर्वाचन आयोगले गराएको छ ।

त्यो समयमा नाम फेरेर, सच्याएर आपसी सहमति अनुसार जाऔंला । पठाइएको नाम त सर्वसम्मत हुँदै होइन । पार्टीको जिम्मेवार नेताले जे भएको हो, त्यही पो बोल्ने हो । जे पनि बोल्ने हो र ? लोकतन्त्र भनेको पारदर्शी प्रणाली हो । छलछाम चल्दैन ।

जहाँसम्म हाम्रो नेताहरूलाई देखिएन भन्ने छ, धर्ना तथा सभामा हामीले बोलाएकै छैनौं । यो खबरदारी शेरबहादुर दाइलाई मात्रै होइन, उहाँहरूलाई पनि हो । सभापति र उहाँ वरिपरिका व्यक्तिहरूलाई हाम्रो विरोध गर्‍यो भन्ने लाग्दो हो, तर शेखर दाइलाई पनि उत्तिकै खबरदारी हो । हाम्रो पक्षका नेताहरू, संसदीय बोर्डमा रहेका सबैका लागि खबरदारी हो । यतिसम्म कि गठबन्धन दलका नेताहरूलाई पनि खबरदारी हो ।

पार्टीभित्रको आन्तरिक आयाम नमिलाई अघि बढ्दा परिणाम प्राप्त हुन सक्दैन । दुई कम्युनिस्ट मिलेर झण्डै दुई तिहाइको सरकार बनेको त निकट विगत छ । सरकार चलाउन सक्नुभयो ? अन्तरकलह चर्केपछि के हुने रहेछ ?

त्यस्तै कांग्रेसमा भयो भने के हुन्छ भोलि ? त्यसकारण, कांग्रेसभित्रको आन्तरिक आयाम नमिलाई वा आन्तरिक एकता सुदृढीकरण नभई भोलि मुकाबिला गर्न सकिंदैन । गठबन्धनका दलहरूले कांग्रेसका नेताहरूसँग बसेर सिट मिलाउँदैमा मात्रै हुँदैन ।

प्रवक्ताले त गठबन्धन र पार्टी हित विपरित गतिविधि नियालिरहेका छौं भन्नुभएको छ नि ?

अमूक पद पाइन्छ भनेर राजनीतिमा लागेको होइन । देश र जनताको बृहत्तर स्वार्थका लागि राजनीतिमा लागेको हो । अहिले गरेको खबरदारी पनि अमूक पद प्राप्तिका लागि होइन । पद प्राप्तिको लालसा पनि छैन ।

फेरि पार्टी भनेको सभापति वा प्रवक्ताको मात्रै होइन । ८ लाख ५२ हजार क्रियाशील सदस्य छन्, हाम्रा मतदाता छन् । सबैलाई चित्त बुझाएर पार्टी चलाउनुपर्छ । न्यायोचित व्यवहार हुनुपर्छ भन्दा कारबाही भयो भने त्यसमा हामीलाई आपत्ति छैन ।

बेलाबेला तपाईंहरूको समूहका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको सुनिन्थ्यो । अहिले पनि पार्टीमा न्याय भएन भने एमालेसँग सहकार्य गर्ने चर्चा सुनिन्छ, त्यस्तै तयारी छ ?

म पार्टीमा भएका गल्ती-कमजोरी हटाउन लागिरहेको छु । अर्को पार्टी र हाम्रा साथीहरूको साँठगाँठबारे म जानकार छैन । मैले पनि शेखर पक्ष र एमालेको तालमेल हुने रे भनेर सञ्चारमाध्यममार्फत पढेको, सुनेको छु ।

स्थानीय तहको निर्वाचनमा तालमेल नगरौं भनेका हौं, अहिले पनि एक्लै लडौं भनेका हौं । तर पार्टीले तालमेल गर्ने निर्णय गरेपछि हामीले विरोध गरेका छैनौं । गठबन्धनलाई कसरी जिताउने भनेर अहोरात्र लागेका छौं । त्यसैले यो पार्टीभित्र अन्याय भयोभन्दा अतिरञ्जित तर्क गरेर विषयान्तर गर्ने कुरा हो जस्तो लाग्छ मलाई ।

तर, विद्रोह गर्छु भन्ने तपाईं आफैं हो त ?

पुराना नेताहरूको योगदानको सम्मान गरेकै छौं । २०४६ को परिवर्तन ल्याउन उहाँहरूको बढी योगदान थियो । तर अहिलेको प्रणाली ल्याउन त हाम्रो योगदान बढी छ । हामीलाई किनारामा धकेल्ने काम भएको छ ।

प्रणाली ल्याउने हामी, हामीले राखेको आकांक्षाबारे बहस नै नहुने भएपछि विद्रोह गर्छौं भनेकै हो । जनताले पनि उम्मेदवार देख्न चाहेका छन् । चुनाव जित्ने निश्चित जस्तै छ । हाम्रा क्षेत्रहरू भागबण्डा गरेर अरूलाई दिने हो भने त केही न केही गर्न बाध्यता हुन्छ । केही न केही गर्नुपर्ने बाध्यतामा चितवन–३ मा उठ्छु भनेकै हुँ ।

व्यक्तिगत कुरा गर्दा चाहिं तपाईंले उठ्ने दाबी गरिरहेको मोरङ–४ माओवादी केन्द्रको भागमा पर्ने देखिन्छ । तपाईं पछि हट्ने हो ?

मसँग दुई बाटो छन् । पहिलो, पार्टीको निर्णय मान्ने र पार्टीलाई सघाउने । अर्को, विद्रोह गर्ने । के गर्ने भन्नलाई १५ गते पर्खनुपर्दछ । समानुपातिकतर्फको सूची एकदमै राम्रो भयो भने साथीहरूको चित्त बुझ्छ भने म चुनाव नलड्न पनि सक्छु ।

किनकि ममाथि अन्याय हुनु त्यति ठूलो कुरा भएन । ममाथि अन्याय हुँदै आएको छ । तर मलाई जस्तै अन्याय अरूलाई नगरियोस् भने आम साथीहरूको आवाज मैले बोलेको हुँ । आफ्ना लागि भए त नेताका घरघर धाउने, अनुनयविनय गरेर एउटा सीट लिएर जाने हुन्थ्यो । अनलाइन खबर

 
 

 

 


प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  २२:४५
#काङ्ग्रेस
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
प्रधानमन्त्रीको नेतृत्व लिन सक्छु : गगन थापा
प्रधानमन्त्रीको नेतृत्व लिन सक्छु : गगन थापा सोमबार, असोज ३१, २०७९
विश्वप्रकाश र म एक अर्काका परिपुरक हौं र हुनेछौं : सिटौला
विश्वप्रकाश र म एक अर्काका परिपुरक हौं र हुनेछौं : सिटौला आइतबार, असोज ३०, २०७९
एमालेले मलाई आत्मसम्मानमा चोट पुर्‍यायो : द्वारिकलाल चौधरी
एमालेले मलाई आत्मसम्मानमा चोट पुर्‍यायो : द्वारिकलाल चौधरी शनिबार, असोज १५, २०७९
एक निर्वाचन अवधि सक्रिय राजनीतिमा रहन्छु : आचार्य
एक निर्वाचन अवधि सक्रिय राजनीतिमा रहन्छु : आचार्य शनिबार, असोज १५, २०७९
आत्मालोचना गर्नुपर्ने गरी कुनै गल्ती गरेको छैन : भुसाल
आत्मालोचना गर्नुपर्ने गरी कुनै गल्ती गरेको छैन : भुसाल शनिबार, असोज १५, २०७९
लोकप्रिय
  • Week
  • Month
समाचार
प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 
प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश  गोर्खा पोष्ट
चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप 
चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप  गोर्खा पोष्ट
बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने नगरप्रमुखको दाबी 
बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने नगरप्रमुखको दाबी  गोर्खा पोष्ट
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्