Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • एमालेले मलाई आत्मसम्मानमा चोट पुर्‍यायो : द्वारिकलाल चौधरी
एमालेले मलाई आत्मसम्मानमा चोट पुर्‍यायो : द्वारिकलाल चौधरी
गोर्खा पोष्ट
गोर्खा पोष्ट शनिबार, असोज १५, २०७९

एमाले नेता तथा इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकालाल चाैधरी एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । उनीसँग एमाले छाडेर माओवादी केन्द्र राेज्नुको कारणबारे गरिएकाे कुराकानीको सम्पादित अंश ।

तपाईं माओवादीमा प्रवेश गर्ने हल्ला सुनिन्छ । खास कुरा के हो ?

तपाईंले सुनेको समाचार सत्य हो । 

तपाईंलाई माओवादीले के भूमिका दिने भनेको छ ?

सम्मानजनक भूमिका दिन्छु भनेर नेतृत्वले आश्वसन दिनुभएको छ । 

एमाले छोड्नुपर्ने कारण के हो ?

यो चाहिँ एमालेलाई सोध्दा राम्रो हुन्छ । यसमा बसिरहँदा खुब प्रशंसा गर्ने र छोडेपछि अनेकन आरोप प्रत्यारोप लगाउने चलन रहेको छ । केही दिनअघि मलाई पनि पद लोलुप भनेका छन् । त्यसमा केही भन्नु छैन । एमालेले मलाई अहिले केही जिम्मेवारी दिएको छैन । आत्मसम्मानमा चोट पुगेको छ ।

नगर, जिल्ला र केन्द्र नेतृत्वलबाट आत्मसम्मान राखिएन । संस्थमा बस्दा आत्मसम्मानसहित बस्ने हो । त्यसकारण एमाले नरहने निर्णय गरेँ । लामो समयको राजनीतिकर्मी चुप लागेर बस्ने कुरा भएन । अझै १० वर्षजति केही गर्छु । दुईवटा मर्गौला फेरेर पनि केही गर्छु भनिरहेका छन्, हामीजस्तालाई ठाउँ दिँदैनन् । त्यसैले यस्तो निर्णयमा पुगेँ । 

एमालेले पाखा लगाउने काम गर्‍याे भन्नु भएको हो ?  

त्यो त देखिएकै छ नि । गुट बनाउँदै गुटबाट केपी ओलीले पार्टी कब्जा गरेका छन् ।  अहिले एमाले ध्वस्त भइसक्यो, ओलीजी बालकोटमा बासुरी बजाइरहनुभएको छ । 

आसन्न निर्वाचनमा आंकाक्षी हुनुहुन्छ ?

म कहिल्यै पनि पदको आंकाक्षी भइन् । पद चाहिँ मेरा लागि लडिलडि आएको छ । 

एमालेमा केन्द्रीय समितिमा दाबा गर्नुभएको थियो ?

अरु दाबी गर्दा तिघ्रा ठटाएर नै गर्छन् । मेरो त्यस्तो होइन । म जिल्ला कमिटीको अध्यक्ष भइसकेको व्यक्ति, उपमहानगरको मेयर पनि भइसकेको व्यक्ति स्वतः केन्द्रीय कमिटीको दाबेदार हो नि । जिल्ला सदस्यहरू केन्द्रीय कमिटी सदस्य भइसकेका छन् । उपमेयर केन्द्रीय सदस्य छन् । मभन्दा जुनियर मञ्चमा बसेर भाषण गर्छन्, म भुईंमा बसेर ताली ठोकौं ? त्यो मिल्ने कुरा हो र ?

अब आसन्न चुनावमा माओवादीबाट सुनसरी २ मा प्रदेशसभा सदस्यको उम्मेदवार हुने हो ? 

मलाई त केपी ओलीसँग प्रतिस्पर्धा गर्न मन छ । ओलीको अंहकारलाई धुलिसात गर्नुपर्ने छ । अब पार्टीले कहाँ पठाउँछ ? हेरौं ।  शिलापत्र

 
 

 

 


प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  २२:३०
#नेकपा एमाले
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
प्रधानमन्त्रीको नेतृत्व लिन सक्छु : गगन थापा
प्रधानमन्त्रीको नेतृत्व लिन सक्छु : गगन थापा सोमबार, असोज ३१, २०७९
विश्वप्रकाश र म एक अर्काका परिपुरक हौं र हुनेछौं : सिटौला
विश्वप्रकाश र म एक अर्काका परिपुरक हौं र हुनेछौं : सिटौला आइतबार, असोज ३०, २०७९
साथीहरूको चित्त बुझ्छ भने म चुनाव नलड्न पनि सक्छु : गुरुराज घिमिरे
साथीहरूको चित्त बुझ्छ भने म चुनाव नलड्न पनि सक्छु : गुरुराज घिमिरे शनिबार, असोज १५, २०७९
एक निर्वाचन अवधि सक्रिय राजनीतिमा रहन्छु : आचार्य
एक निर्वाचन अवधि सक्रिय राजनीतिमा रहन्छु : आचार्य शनिबार, असोज १५, २०७९
आत्मालोचना गर्नुपर्ने गरी कुनै गल्ती गरेको छैन : भुसाल
आत्मालोचना गर्नुपर्ने गरी कुनै गल्ती गरेको छैन : भुसाल शनिबार, असोज १५, २०७९
लोकप्रिय
  • Week
  • Month
समाचार
प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 
प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश  गोर्खा पोष्ट
चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप 
चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप  गोर्खा पोष्ट
बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने नगरप्रमुखको दाबी 
बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने नगरप्रमुखको दाबी  गोर्खा पोष्ट
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्