Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
लेख
  • Home
  • लेख
  • बिशे नगर्ची बिर्सिएका विभूति
बिशे नगर्ची बिर्सिएका विभूति
प्रकाशचन्द्र परियार
प्रकाशचन्द्र परियार बुधबार, पुस २७, २०७९

नेपाल एकीकरणको महानायक पृथ्वीनारायण शाहबारे बहुकोणिय चर्चा–परिचर्चा, बहस–पैरबी भइरहँदा महायज्ञका अन्य नायक र योद्धाहरुको नियोजित नामोनिसान किन हुन्छ भनेर छिटपुट सन्दर्भ–प्रसंग–सवाल उठाउने दुस्प्रयास आज उप्रान्त जारी छ। नेपाली राजकीय सम्मानको सबैभन्दा ठूलो भारी बोकेका पृथ्वीनारायण शाह नेपाली आधुनिक इतिहासमा सदा बढी पढिने, तारिफ गरिने र देवत्वकरण गरिने पात्रहरुको अग्रसूचीमा अनवरत छँदैछन् । कतिपयले दानबीकरण गरे पनि, फरक तवरले प्रस्तुत गरे पनि अर्थात अस्विकार गरे पनि ।

यो आलेख नेपाल एकीकरणको महायज्ञमा सरिक भएका नायक विशे नगर्चीको उल्लेख्य योगदानको बाबजुद कसरी दरबारियाहरुको आँखामा परेनन् ? कसरी पंचहरुको इन्कारीमा परे, लोकतन्त्र र गणतन्त्रको ताप र रापमा पनि कसरी उपेक्षित हुनु पर्यो भन्ने विषयमा अलि बढी केन्द्रित हुनेछ।

बिशे नगर्ची, पृथ्वी सपना र गोरखा :

बिशे नगर्ची  कथित ‘अछूत’ जस्ले नेपाल विस्तारको सपना बोकेका पृथ्वीनारायण शाहलाई बिपनामा रुपान्तरण गर्न कस्तो सल्लाह दिए ? उनको सल्लाह कसरी शिरोपर हुन सक्यो ? सल्लाहले साकार पाए पनि उनका सन्तान दर सन्तान जातीय विभेदको चक्रमा कसरी सँधै रुमल्लिन वाध्य पारियो, बहुत अन्वेषण र विश्लेषणको विषय हुँदै हो ।

विक्रम संवत् १८४६ को लालमोहरमा बिस्या नगर्ची उल्लेख गरिएका बिशे नगर्चीको खाश नाम विश्वेश्वर नगर्ची रहेको योगी नरहरिनाथले लेखेका छन। दमाई जातिको सम्मानसूचक पदवी नगर्ची पछिसम्मै कायम थियो, परियारका रुपमा उदाउनुभन्दा अघि सम्म।

बिशेको विराट विशेषता भनेकै राजकीय सवालमा अत्यावश्यक  र ब्यवहारिक सल्लाह दिनुनै रहेको अन्वेषक रामशरण दर्नालले लिपिबद्ध गरिसकेका छन्। २१ वर्षीय पृथ्वीनारायण शाहभन्दा एक दर्जन बढी भोटो फटाएका बिशेको ख्यातीबारे गोरखा दरबार सुचितै थियो। जतिसुकै ख्याति कमाए पनि तत्कालीन ‘अछूत’ को बिल्ला भिर्नु परेको नगर्चीको सल्लाह माग्नु पर्ने अवस्थामा पृथ्वीनारायण शाह पुग्नुलाई उनको एकीकरणको सपना र जुनुन नै सबैभन्दा ठूलो कडी थियो। 

जब उनले कान्तिपुर दखल गर्नका लागि पहिले नुवाकोट सर गर्न खोजे  तर असमर्थ भएर फर्किए। तब हात हतियार गोला बारुद संग्रहका लागि काशीतिर जाने सोच बनाए। त्यतिबेला उनी आर्थिक संकट ब्यहोरिरहेका थिए, राज्यकोषमा पनि पैसाको संचिति थिएन।आफ्ना भाइ भारदारसंगको परामर्शले उनलाई आँट आएन।

राज्य र समाजको नजरमा ‘अछूत’नै मानिए पनि उद्यमशीलता र अब्बल सर सल्लाहमा ख्याति कमाएका बिशे नगर्चीको दैलो टेकेको नाटककार भीमनिधि तिवारी कृत ‘बिशे नगर्ची एकांकी नाटकमा उल्लेख छ।

के थियो पृथ्वीलाई विशेको सामरिक सल्लाह : 

नरभूपाल शाहकै पालामा चर्चित विशे नगर्चीबारे पृथ्वीनारायण शाहको खाश आशा बढेमान युद्ध कौशलतामा केही विशिष्ट सुझाव होला कि भन्ने नै थियो। जब विशेको फरक धारको तर अति ब्यवहारिक सल्लाह आयो, पृथ्वीनारायणको एकीकरणको धोको सपनाबाट विपनामा रुपान्तरण हुन सजिलो भयो।

एकीकरण, विस्तार, युद्ध जे भने पनि सबैभन्दा पहिले प्रजाको सामुहिक सहभागिता चाहिन्छ । राज्य एक्लैले भन्दा पनि सारा प्रजाहरुले राज्य ढुकुटीमा गच्छे अनुसारको सहयोग हुनैपर्छ त्यसको शुरुवात कोही न कोहीबाट गर्नै पर्छ भन्दै एक रुपैयाँबाट मैले शुरु गरेँ भन्ने बिशेको त्यो अभियान पछि गोरखाको हरेक घरदैलोको साझा अभियान बन्यो ।

यो मुलुकले अहिले सहकारीमा एउटा फड्को मारेको छ सहकारीको शुरुवाती अभ्यासको श्रेय विशे नगर्चीलाई नै जान्छ। ‘राजाका भण्डार भन्याका रैतानहरु हुन्’  बिशेको विशिष्ट अवस्थामा आएको  विशेष सुझावको जगमा नै पृथ्वी नारायण शाहको यो दिब्योपदेश आएको इतिहासकारहरुको भनाई छ। 

‘विशे नगर्ची’ एकांकी नाटकमा नाटककार तिवारीले अर्थ संचय र जनसहभागिता बिना नेपाल विस्तार सम्भव छैन भनेर एक रुपैयाँ पृथ्वीनारायण शाहलाई टक्राएपछि बिशे नबोलेको र पृथ्वी नारायण शाह पनि रिसाएको प्रसंग बढो मार्मिकताका साथ पस्किएका छन्।

जब मैले जस्तै एक रुपैयाँ गोरखाका हरेक घरधुरीले गच्छे अनुसार दिन्छन कति धेरै हुन्छ, प्रजाको सहभागिता र अपनत्वको वेली विस्तार लगाए पछि पृथ्वी नारायण शाहको आँट र विश्वास बढेर जान्छ त्यसैले नेपाल विस्तार सम्भव भयो।

हुलाक टिकटमा पनि अटेनन् बिशे नगर्ची :

ऐतिहासिक पात्रहरुलाई चीरस्मरणीय बनाउन राज्यले त्यस्ता पात्रहरुको शालिक राख्ने, स्मृति प्रतिष्ठान बनाउने, पाठ्यक्रममा राख्ने, पुरस्कार तथा सम्मान स्थापना गर्ने, चलचित्र बनाउने, हुलाक टिकटमा अंकित गर्ने गर्दछ। बिडम्बना ऐतिहासिक पात्र बिशे नगर्चीको सम्मानार्थ राजतन्त्र,पंचायत, लोकतन्त्र र गणतन्त्रको दशक पार हुँदासमेत एकथान हुलाक टिकटमा समेत अंकित गरिएको छैन।

कालाबजारियाको परिचय बनाएका कतिपय ब्यापारीहरुको समेत संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरिएको छ।नेता, विचौलिया र कर्मचारीको मिलेमतोमा प्रकाशन भएका यस्ता हुलाक टिकटहरुले विशे नगर्चीहरुको योगदानलाई गिज्याइरहेको छ। 

के कथित ‘अछूत’ समुदायमा जन्म हुँदा  तत्कालीन अवस्थामा बिशे नगर्चीको सामरिक सल्लाह शिरोपर गर्ने पृथ्वीनारायणका सन्तानहरुले उनको योगदानकोबारे सिन्का भाँचे ? दरबारका भाइभारदार, पुरोहित कसैले पनि किन सोचेनन् । न पंचायतमा उनी सम्झना योग्य पात्र बने न  त ६२–६३ सालको आन्दोलन अघिसम्म उनको कुनै योगदानबारे शालिक राख्ने बहस चल्यो। महाराजाको भक्तिगान, प्रशस्ती र देवत्वकरण गर्ने लेखकहरुको आँखामा पर्ने त कुरै भएन । 

जन आन्दोलनमा बिशे ‘नगर्चीको बयान’ :

 सात दल र तत्कालीन माओवादीको राजतन्त्र विरुद्धको आन्दोलनमा नेपाली मिडियाले काँध थापेको थियो। नागरिक अगुवा, अधिकारकर्मी र कवि–कलाकारहरु अग्रमोर्चामै रहेर सत्ता विरुद्ध देखा परेका थिए । आन्दोलनको आगो दन्काउन कवि श्रवण मुकारुङको ‘बिशे नगर्चीको बयान’ झिल्को हुँदै मसालको रुपमा फैलियो।

मालिक !

मान्छे बौलाएपछि आफैंसित पनि निहुँ खोज्दोरहेछ

अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हुर्केका

मेरा दरसन्तानहरू कहाँकहाँ पुगे !

मैले खोज्न चाहें हुँला मेरा औंलामा !!


प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप लेख
एउटा पत्र बुबा सी.के. प्रसाईं (भरत बाबु) लाई
एउटा पत्र बुबा सी.के. प्रसाईं (भरत बाबु) लाई बिहीबार, फागुन ११, २०७९
बिशे नगर्ची बिर्सिएका विभूति
बिशे नगर्ची बिर्सिएका विभूति बुधबार, पुस २७, २०७९
पृथ्वीनारायण शाह दलितका लागि पनि नायक हुन् ?
पृथ्वीनारायण शाह दलितका लागि पनि नायक हुन् ? बुधबार, पुस २७, २०७९
गगनको नाममा
गगनको नाममा मंगलबार, पुस २६, २०७९
चुराेटकाे बट्टामा श्री ३ काे तस्वीर
चुराेटकाे बट्टामा श्री ३ काे तस्वीर आइतबार, असोज २, २०७९
राष्ट्रिय विज्ञान दिवसको औचित्य
राष्ट्रिय विज्ञान दिवसको औचित्य शनिबार, असोज १, २०७९
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्