Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
सोमबार, असोज १५, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
लेख
  • Home
  • लेख
  • चुराेटकाे बट्टामा श्री ३ काे तस्वीर
चुराेटकाे बट्टामा श्री ३ काे तस्वीर
सुनिल उलक
सुनिल उलक आइतबार, असोज २, २०७९

बेलायती नागरिक थोमस ओग्डेनले सन् १८६० मा पार्क लेन, लिभरपुलमा सानो चुरोट पसल खोलेका थिए । सानो पसलबाट सुरु गरेको उनको व्यापारले छिट्टै नै प्रगति गर्न थाल्यो । ठाउँठाउँमा अरु पसलहरू खोल्दै गए । चुरोटको बढ्दै गरेको व्यापार देखेर सन् १८६६ मा सेन्ट जेम्स स्ट्रिटमा उनले ओग्डेन्स चुरोट (Ogden's Tobacco Company) नामको फ्याक्ट्री नै खोले ।

ओग्डेनको चुरोट फ्याक्ट्रीले सन् १८६६ मा चुरोट उत्पादन गर्न थालेको थियो । सानो लगानीमा खोलेको यो चुरोट फ्याक्ट्रीले छिट्टै नै राम्रो प्रगति गर्‍यो । जसले गर्दा ओग्डेनले एकपछि अर्को गर्दै विभिन्न स्थानमा फ्याक्ट्री थप्दै गयो । उनको चुरोट मात्र विशेष थिएन । उनले उत्पादन गर्ने चुरोटको डब्बा पनि विशेष हुने गर्थ्यो । उनले विभिन्न किसिमका चित्र भएका चुरोटका डब्बा बनाउन थालेका थिए ।

चुरोटका डब्बाहरूमा कहिले जनावरहरू, कहिले विभिन्न चराचुरुङ्गीका फुल, कहिले प्रख्यात खेलाडी, कहिले विभिन्न नायिकाहरूका तस्वीरहरू राखिएका थिए । चुरोटका डब्बामा हुने चित्रले गर्दा पनि उनको चुरोट फ्याक्ट्री निकै चर्चामा थियो । सन् १८९० सम्म आइपुग्दा ओग्डेनका चुरोट फ्याक्ट्री लिभरपुलमा छवटा भइसकेका थियो ।

सन् १९०१ मा अमेरिकन टोबाको कम्पनीका मालिक जेम्स ड्युकले उनको कम्पनी खरिद गरे । तत्कालीन समयमा नै ८ लाख १८ हजार बेलायती पाउण्डमा फ्याक्ट्री बिक्री भएको थियो । तर, अमेरिकीहरूले यसलाई लामो समय चलाउन पाएनन् । एक वर्षपछि नै फेरि बेलायती धनाढ्यहरूले नै यसलाई फेरि किने र नाम परिवर्तन गरेर इम्पेरियल टोबाको कम्पनी राखे ।

नयाँ मालिकले सन् १९६० मा इम्पेरियल टोबाको कम्पनीको मुख्य कार्यालय रहेको लिभरपुलको चुरोट फ्याक्ट्री बन्द गराए । सन् १९८० को दशकमा फ्याक्ट्री भएको आधा ठाउँ भत्काएर नयाँ भवनहरू बने । सन् २००७ सम्म आइपुग्दा सो ठाउँको फ्याक्ट्री पूर्ण रूपमा बन्द भयो । त्यो ठाउँमा नयाँ घण्टाघरयुक्त विशाल भवन बन्ने योजना बन्यो । अहिले सो चुरोट फ्याक्ट्री भएको ठाउँमा १९ वटा एपार्टमेन्टहरू छन् भने एउटा विशाल घण्टाघर पनि बनेको छ ।

तर, इम्पेरियल टोबाको कम्पनी भने समयअनुसार परिवर्तन हुँदै गयो । यसमा अरु धनाढ्यहरू जोडिँदै गए र पछि इम्पेरियल ग्रुप लिमिटेड भएको थियो । बिस्तारै यसको नाम परिवर्तन हुँदै अहिले इम्पेरियल ब्रान्ड्स भएको छ । यस कम्पनीले उत्पादन गर्ने चुरोटको बजार हिस्सा विश्वमै करिब चौथो स्थानमा छ । यस ग्रुपले चुरोट तथा सिगार उत्पादन गर्ने गर्दछ । तर, यो ग्रुपमा अन्य व्यवसाय पनि जोडिएको छ ।

सुरुमा चुरोट उत्पादन गर्ने ओग्डेनले चुरोटको डब्बामा विभिन्न चित्रहरू राखेर आफ्नो व्यवसायलाई अत्यधिक बढाएका थिए । यही क्रममा सन् १८९४ देखि सन् १९०१ को बीचमा विभिन्न विश्वप्रसिद्ध व्यक्तित्वहरूको चित्रहरूको २३१ वटा शृंखला नै सुरु गरियो । यस शृंखलामा विभिन्न साहित्यकारहरू, राजनीतिज्ञहरू, विभिन्न देशका राष्ट्र प्रमुखहरू, प्रधानमन्त्रीहरू, नायकहरू, नायिकाहरू, गायिकाहरू, वैज्ञानिकहरूका तस्वीरहरू परेका थिए ।

जापानी प्रधानमन्त्री तथा राजनीतिक व्यक्तित्वहरूका तस्वीर पनि परेका थिए । भारतमा रहेका बेलायती अफिसरका तस्वीरहरू पनि परेका थिए । तर, भारतीय नागरिकका भने कुनै पनि तस्वीर सो चुरोटका खोलमा परेका थिएनन् । यता नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ वीरशमशेर जबराको भने तस्वीर परेको थियो । सन् १९०१ मा श्री ३ वीरशमशेर जबराको देहान्त भएको थियो । श्री ३ वीरशमशेरको देहान्त भएकै वर्ष ओग्डेन चुरोटको बट्टामा उनको तस्वीर रहनुले बेलायतीबाट समवेदनास्वरुप सम्झेको अनुमान गर्न सकिन्छ । 

सो चुरोटको डब्बामा राखिएको श्री ३ वीरशमशेर जबराको तस्वीरमा MAHARAJAH OF NEPAUL लेखिएको छ भने सबैभन्दा तल New Series I तथा छेउमा 378 नम्बर राखिएको छ । अरु Ogden's 'Guinea Gold' Cigarettes लेखिएको छ । ओग्डेनको 'गिनी गोल्ड' चुरोट भनेर जनाइएको छ । शिलापत्र


प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १६:२०
#नेपाल
प्रतिक्रिया दिनुहोस्
थप लेख
मीनबहादुरहरूको सपनाको मलामी जाऊँ !
मीनबहादुरहरूको सपनाको मलामी जाऊँ ! बुधबार, असार २०, २०८०
एउटा पत्र बुबा सी.के. प्रसाईं (भरत बाबु) लाई
एउटा पत्र बुबा सी.के. प्रसाईं (भरत बाबु) लाई बिहीबार, फागुन ११, २०७९
बिशे नगर्ची बिर्सिएका विभूति
बिशे नगर्ची बिर्सिएका विभूति बुधबार, पुस २७, २०७९
पृथ्वीनारायण शाह दलितका लागि पनि नायक हुन् ?
पृथ्वीनारायण शाह दलितका लागि पनि नायक हुन् ? बुधबार, पुस २७, २०७९
गगनको नाममा
गगनको नाममा मंगलबार, पुस २६, २०७९
Birtamode Aspatal Advt Birtamode Aspatal Advt
लोकप्रिय
  • Week
  • Month
Nagar Aspatal 2 Nagar Aspatal 2
समाचार
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण गोर्खा पोष्ट
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने गोर्खा पोष्ट
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ गोर्खा पोष्ट
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्