Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
समाज
  • Home
  • समाज
  • जातीय भेदभावको ज्वलन्त घटनाः दलितको भोज खाएको भन्दै महात्तरीको एक परिवार सामाजिक बहिष्कारणमा
जातीय भेदभावको ज्वलन्त घटनाः दलितको भोज खाएको भन्दै महात्तरीको एक परिवार सामाजिक बहिष्कारणमा
गोर्खा पोष्ट
गोर्खा पोष्ट शुक्रबार, फागुन १९, २०७९

जनकपुरधाम । दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो ।

महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा (६ दिनमा हुने छठिहार)मा शुभनारायणले साधुसन्तको भोज (भण्डारा) गरेका थिए । सोही भोजमा महतो पनि सरिक भएका थिए । 

त्यसपछि उनी महतो (कोइरी) समुदायको बहिष्करणमा परेका हुन् । ‘उनीहरुले मलाई जातबाट निकालिदिएको र भातपानी बारेको भनेका छन्’ महतोले सुनाए, ‘सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने अडान उनीहरुले लिएका छन् ।’

आफूलाई रामचन्द्र महतो, शंकर महतो, सितो महतो, जवाहर महतो, रामसृष्ठ महतो, दुखा महतो लगायतले चमारको भोज खाएको निहुँमा पञ्चायतमा दुर्व्यवहारसमेत गरेको उनको गुनासो छ ।

शुभनारायणको घरमा भोज खाएयता भिखारीलाई गाउँघरमा हुने कोइरी, यादव समुदायको कुनै पनि भोजमा सरिक हुन दिइएको छैन । ‘शुभनारायणकोमा भोज खाएयता ६।७ वटा भोज भए । तर कोइरी र यादवले समेत मलाई भोजको निम्तो दिएनन् । आफ्नै जातिले नै प्रतिबन्ध लगाएपछि अन्य जातले पनि त्यसो गर्न थालेका छन्’ महतोले भने ।

दलित भए पनि शुभनारायणको परिवार वैष्णव हुन् । घरमा कोही माछामासु खाँदैनन् । धार्मिक सत्संग, प्रवचनमा सरिक हुन्छन् । महतोले आफूले कहिल्यै पनि तल्लो–माथिल्लो जातको भनेर भेदभाव नगरेको बताउँछन् ।

‘म जातीय छुवाछूत मान्दिनँ । दलितको भोज खाएकै निहुँमा मलाई सार्वजनिक माफी माग्न कर गरिरहेका छन्’ उनले भने, ‘मैले के अपराध गरेको छु र माफी माग्नु ! माफी माग्दिनँ भन्ने अडान मैले लिएको छु । त्यसैले मलाई बहिष्कार गरेका छन् ।’

घटना पश्चात भिखारीले दोषीहरुमाथि कारबाही र न्याय माग्दै इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएका छन् । तर उजुरीमाथि प्रहरीले खासै चासो नदिएको उनको गुनासो छ ।

शुभनारायणले पनि भिखारीलाई आफ्नो घरमा भोज खाएको निहुँमा अछूत भन्दै भातपानी बारेको बताए । ‘मेरै भोज खाएपछि भिखारीजी जातबाट निकालिएको हो । उहाँसँग म पनि पटक–पटक प्रहरीमा पुगें। १४ गते छलफलको समय थियो तर विपक्षीहरु आएनन् । प्रहरीले पनि खासै चासो देखाएको छैन’, शुभनारायणले भने ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई) भुवनसिंह कार्कीले भिखारीको उजुरी आएको र आरोपीहरुलाई बोलाएर सोधपुछ गर्ने कार्य भएको बताए । विदामा रहेका प्रहरी निरीक्षक रञ्जन मिश्र कार्यालय आएपछि यो घटनाको विषयमा थप कारबाही अघि बढाइने कार्कीको भनाइ छ ।

सोनमा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मिठु रायले दलितकै घरमा भोज खाएको निहुँमा भिखारी महतोलाई बहिष्कार गरेको घटना सत्य भएको बताए । आफूले पनि कोइरीको माइजन देवानसँग कुरा गरेर यसो नगर्न आग्रह गरेको उनले बताए ।

‘घटना सही हो । मैले कोइरी जातका माइजन देवानलाई भेटेर आग्रह गरें। दलितकै घरमा भोज खाएको निहुँमा भिखारीको भातपानी यसरी नबार्नुस् । खान दिनुस् । तर जातीय माइजन देवान उनलाई नखुवाउने अडानमा छन्’ वडाध्यक्ष रायले सुनाए ।

नेपालमा जातीय भेदभाव दण्डनीय छ । यदि कसैले गरे तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुईलाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाज
जिल्ला सहकारी संघको अपीलः अराजक समूहलाई दण्डित गर्न र सामुहिक रुपमा बहिस्कार गर्न आह्वान
जिल्ला सहकारी संघको अपीलः अराजक समूहलाई दण्डित गर्न र सामुहिक रुपमा बहिस्कार गर्न आह्वान शुक्रबार, फागुन १९, २०७९
जातीय भेदभावको ज्वलन्त घटनाः दलितको भोज खाएको भन्दै महात्तरीको एक परिवार सामाजिक बहिष्कारणमा
जातीय भेदभावको ज्वलन्त घटनाः दलितको भोज खाएको भन्दै महात्तरीको एक परिवार सामाजिक बहिष्कारणमा शुक्रबार, फागुन १९, २०७९
क्यान्सर पिडित ताजपुरियालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो १० हजार सहयोग
क्यान्सर पिडित ताजपुरियालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो १० हजार सहयोग मंगलबार, फागुन १६, २०७९
समाजवादी चिन्तक सीके प्रसाईको २९औं स्मृती दिवस मनाईयो 
समाजवादी चिन्तक सीके प्रसाईको २९औं स्मृती दिवस मनाईयो  मंगलबार, फागुन ९, २०७९
‘विद्यालयको प्रवर्धनको प्रस्ताव लिएर मेचीनगर नगरपालिकामा आउनेको संख्या न्यून छ’ : नगरप्रमुख बुढाथोकी 
‘विद्यालयको प्रवर्धनको प्रस्ताव लिएर मेचीनगर नगरपालिकामा आउनेको संख्या न्यून छ’ : नगरप्रमुख बुढाथोकी  सोमबार, फागुन ८, २०७९
दशनामीले मनाए शिवरात्री पर्व अनि सम्झिए जग्गादाता मानबहादुरलाई
दशनामीले मनाए शिवरात्री पर्व अनि सम्झिए जग्गादाता मानबहादुरलाई शनिबार, फागुन ६, २०७९
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्