Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
बुधबार, मंसिर २०, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेता बुढाथोकीको अहमताको कारण पूर्वका कांग्रेस कार्यकर्ताको मन ‘रोएको’ छ: मुख्यमन्त्री थापा
नेता बुढाथोकीको अहमताको कारण पूर्वका कांग्रेस कार्यकर्ताको मन ‘रोएको’ छ: मुख्यमन्त्री थापा
गोर्खा पोष्ट
गोर्खा पोष्ट बिहीबार, साउन ४, २०८०

झापा । कोशीका मुख्यमन्त्री उद्धव थापाले आफूलाई मुख्यमन्त्री मान्ने कि नमान्ने भनी प्रश्न गर्ने केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीलाई बिहीबार जवाफ दिएका छन् । 

उनले एमाले नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै मुख्यमन्त्री मान्न बुढाथोकीलाई चुनौती दिए ।

बुधबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बुढाथोकीले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्नु गल्ती भएको भन्दै कांग्रेसका कोशी प्रदेश सभापति समेत रहेका थापालाई मुख्यमन्त्री मान्ने कि नमान्ने भनी प्रश्न गरेका थिए । 

बिहीबार केन्द्रीय समिति बैठकमा बोलेका थापाले बुढाथोकीलाई जवाफ दिँदै आफूलाई मुख्यमन्त्री नमाने पनि हुने बताए ।

‘एउटा पार्टीको केन्द्रीय सदस्यले आफ्नो सरकारको नेतृत्वलाई बचाउनुपर्ने ठाउँमा मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने जो उहाँले प्रश्न गर्नुभयो । म भन्न चाहन्छु, तपाईंले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ, नेपाली कांग्रेसले निर्णय गरेको गठबन्धनको मुख्यमन्त्री उद्धव थापालाई मुख्यमन्त्री नमाने हुन्छ’ उनले भने ।

मुख्यमन्त्री थापाले कांग्रेसका नेताले नै कोशीमा सभामुखलाई विवादमा पार्ने काम भएको भन्दै बुढाथोकीको आलोचना गरे । ‘सभामुख भनेको एउटा सदस्य पनि हो प्रदेशसभाको । सदस्यको आफ्नो एउटा भूमिका हुन्छ, सभामुखको आफ्नो भूमिका हुन्छ’ उनले भने ।

सभामुखले सभाको अध्यक्षताका गरेको बेलामा मतदान गरेको भए गल्ती हुन सक्थ्यो भन्दै उनले बैठकको अध्यक्षता नगरेका बेला सरकार निर्माणमा परेको अप्ठेरो फुकाउन सहयोग गरेको बताए ।

‘हाम्रो कोशी प्रदेशको सरकार निर्माणको कुरा छ, हामीसँग ४६ मत छ, प्रतिपक्षमा ४६ मत छ । त्यसकारण एउटा सदस्यको नाताले सरकारलाई डेडलक हुनबाट उहाँले रोक्नुभयो । निर्णयलाई अघि बढाउन अभिमत जाहेर गर्नुभयो । मतदान गर्नुभएको छैन’, थापाले भने ।

कोशीमा थापाले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर पनि प्रयोग गरेका थिए । सो विषयमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । सो मुद्दामा आफूले बुधबार लिखित जवाफ बुझाएको पनि थापाले बैठकमा सुनाए ।

कोशी सरकारविरुद्ध आफ्नै नेताले अभिव्यक्ति दिएकामा थापाले आपत्ति जनाएका छन् । ‘हाम्रो पार्टीले, हाम्रो नेताहरुले यो सरकारलाई स्थायीत्व दिन लाग्नुभएको छ भन्ने विश्वास छ । तर यही संगठनभित्र, हाम्रो पार्टीभित्र, हाम्रो नेतृत्वमा सरकार नबनोस् भन्ने, बनेको सरकारलाई पनि प्रश्न गर्ने, मान्ने कि नमान्ने भन्ने प्रश्न सुन्दा सिंगो कांग्रेस कार्यकर्ताको मनोबल घटाएको छ’, उनले भने ।

कोशीमा कांग्रेस नेतृत्वमा सरकार बन्दा कार्यकर्ताहरुमा ऊर्जा आएको र एउटा शक्ति निर्माण भएको भन्दै थापाले भने, ‘आज यो शक्तिलाई खुम्च्याउने काम पार्टीको नेतृत्व पंक्तिबाट हुँदा कांग्रेसको मन रोएको छ ।’

थापाले बुढाथोकीले गत ४ मंसिरको चुनावमा झापा ४ मा कांग्रेस उम्मेदवार देउमान थेबेलाई हराउन कार्यकर्तालाई फोन र एसएमएस गरेको भन्दै कारबाही गर्न माग गरे ।

थापाले बुढाथोकी चुनावको मुखमा भागेर अष्ट्रेलिया गएको, चुनाव सकिएपछि मात्र नेपाल फर्किएको भन्दै चुनावका बेला कार्यकर्तालाई म्यासेज गरेर देउमान थेबेलाई भोट नहाल्न भनेको पनि आरोप लगाए ।

‘झापाका सभापति देउमान थेवेलाई भोट नदेऊ, हराऊ भनेर उहाँले फोन गरेको कांग्रेस कार्यकर्ताको मोवाइलमा रेकर्ड छ’ उनले भने, ‘कांग्रेसलाई संकट पर्दा भागेर जाने, अवसरमा आउने ठूलो कुरा गर्ने, नेताहरुलाई हप्काउने, काम गरेका कार्यकर्तालाई हप्काउने यस्तो नेतृत्वले नेपाली कांग्रेसको संगठनलाई कहाँ र्पुयाउँछ ?’

(अनलाइन खबर)


प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २२:०१
#कोशी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु : मुख्यमन्त्री थापा
विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु : मुख्यमन्त्री थापा शनिबार, असार २३, २०८०
नवनियुक्त मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको सपथ
नवनियुक्त मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको सपथ शुक्रबार, असार २२, २०८०
को हुन् मुख्यमन्त्री उद्धव थापा ?
को हुन् मुख्यमन्त्री उद्धव थापा ? शुक्रबार, असार २२, २०८०
सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्चमा
सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्चमा शुक्रबार, असार २२, २०८०
देशमा शान्ति चाहने हो भने वैज्ञानिक समाजवादमा जानुपर्छ: नेता मौसम
देशमा शान्ति चाहने हो भने वैज्ञानिक समाजवादमा जानुपर्छ: नेता मौसम शुक्रबार, असार १५, २०८०
Birtamode Aspatal Advt Birtamode Aspatal Advt
लोकप्रिय
  • Week
  • Month
Nagar Aspatal 2 Nagar Aspatal 2
समाचार
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण गोर्खा पोष्ट
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने गोर्खा पोष्ट
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ गोर्खा पोष्ट
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्