Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
बुधबार, मंसिर २०, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
समाचार
  • Home
  • समाचार
  • चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप 
चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप 
गोर्खा पोष्ट
गोर्खा पोष्ट शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको टिप्पणी गरेका छन् । 

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले संसद र अन्य संघ संस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चार माध्यमहरुले त्यस अनुसार प्रचारप्रसार नगरेको आरोप लगाए । उनले आफू सभामुख भइसके पछिका संसद बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चार माध्यमहरुले सक्रियता अनुसार प्रचार गर्न कन्जुस्याइँ गरेको बताए । 

सभामुख घिमिरेले सञ्चार माध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको गुनासो गरेका थिए । संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चार माध्यमहरुको उपस्थिति नरहेको उनको गुनासो थियो । 

यस क्रममा उनले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको भन्दै त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्ड्ली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताए ।

सञ्चार माध्यमहरुले संसदको विषयवस्तु महत्त्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको पनि उनले बताएका थिए ।

‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ । सक्षमता पनि छ, सक्रियता पनि छ । तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढंगको मिडियाहरुले बाहिर प्रचार गर्न सकेको छैन ।

किनभने पुरुषहरु यति जना बोले, महिलाहरु यति जना बोले भन्ने ढंगकै हेर्ने हो भने पनि म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि उहाँहरुको सहभागिता चाहे शून्य समयमा होस् वा विशेष समयमा उहाँहरुको सहभागिता राम्रो छ । तर त्यो खालको प्रचारप्रसार छैन । 

अर्कोतिर महिलासँग सक्रियतालाई अघि बढाउनका लागि विभिन्न माध्यम र तरिकाहरु अपनाउँदै अहिले सचिवालयले पनि महिला संसदमा उनीहरुको अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी परे बनाउने र नभए पनि ओरेन्टेसनहरु दिने र उहाँहरुलाई मिडियामा फ्रेण्ड्ली बनाउन के सहयोग गर्नुपर्छ भनेर हामीले योजना बनाएका छौं,ु सभामुख घिमिरेले भने ।

यस्तै खास नेताहरू बोल्ने दिन हुँदा संसद्‍मा मिडियाको आकर्षक उपस्थिति देखिने तर अन्य अवस्थामा उपस्थिति नहुने उनको भनाइ थियो । साथै मिडिया कन्टेन्टमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताको प्रचारमा मात्रै जाने आफूले देखेको उनले बताएका थिए ।


प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण शनिबार, साउन ६, २०८०
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने शुक्रबार, साउन ५, २०८०
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ बिहीबार, साउन ४, २०८०
प्लटिङ गरिने भनेर करोडौं पैसा उठाएको भन्दै गिरीबन्धु चिया बगान सञ्चालकबीच पर्‍यो लफडा
प्लटिङ गरिने भनेर करोडौं पैसा उठाएको भन्दै गिरीबन्धु चिया बगान सञ्चालकबीच पर्‍यो लफडा सोमबार, साउन १, २०८०
राष्ट्रिय ध्वजाबाहक एयरलाइन्समा घर फर्किने सपना पूरा गराउनेछु: सुनिल
राष्ट्रिय ध्वजाबाहक एयरलाइन्समा घर फर्किने सपना पूरा गराउनेछु: सुनिल सोमबार, साउन १, २०८०
बिर्तामोड ५ का वडा सचिव ११ महिनामा ८४ दिन अनुपस्थित !
बिर्तामोड ५ का वडा सचिव ११ महिनामा ८४ दिन अनुपस्थित ! आइतबार, असार ३१, २०८०
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्