Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
बुधबार, मंसिर २०, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
समाचार
  • Home
  • समाचार
  • बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने नगरप्रमुखको दाबी 
बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने नगरप्रमुखको दाबी 
गोर्खा पोष्ट
गोर्खा पोष्ट बिहीबार, फागुन १८, २०७९

बिर्तामोड । बिर्तामोड नगर अस्पतालको नयाँ भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको छ । नगर अस्पतलाबाट अब आम नागरिकले उच्च स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिएकी छन् ।

आज बिहीबार बिहान नगर अस्पतपालमा पत्रकार सम्मेलन गर्दै अस्पतालको सेवा बारे जानकारी दिइएको हो । नयाँ भवनबाट दिइने स्वास्थ्य सेवा थप गुणस्तरीय हुने नगर प्रमुख प्रसाईको भनाई छ । 

बिर्तामोडका नगरबासीले उपचारका लागि प्राइभेट अस्पताल नै जानुपर्ने बाध्यता नरहेको उनको धारणा थियो । नगरप्रमुख प्रसाईले भनिन्, ‘उपचारका लागि नगर अस्पताल आए हुन्छ । गुणस्तरीय र विश्वसनीय सेवा दिन तयार छौं ।’

नगर अस्पतालको मेसुका रुपमा डा. सुनिल अधिकारीलाई नियुक्ति गरिएको नगरप्रमुख प्रसाईले जानकारी दिएकी छन् । उनले नगर अस्पतालबाट विशेषज्ञ डाक्टर (एमडीजीपी) र ३ जना एमवीवीएस डाक्टरले सेवा दिने उनले बताइन् ।

नयाँ भवन र डाक्टरको सुविधा थप भएपछि अस्पतालमा दैनिक २५० देखि ४०० बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । उनले यो संख्या बढेर जाने विश्वास गरेका छन् ।

बिर्तामोडबासीको स्वास्थ्य सेवामा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने नगर प्रमुख प्रसाईको दावी छ । उनले भनिन्, सबै स्वास्थ्य सेवा सहजै पाइने भएपछि अन्यत्र जानुपर्दैन । सभामुख देवराज घिमिरेबाट फागुन २० गते अस्पतालको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ ।

नगर अस्पतालमा स्वास्थ्य बीमा पूर्ण रुपमा लागू भइसकेको छ भने दैनिक ओपीडीसहितको उपचार तथा परामर्श सेवा सुरु गरिएको छ । अस्पतालमा प्रयोगशाला सेवासमेत सञ्चालनमा आइसकेको छ । 

भिडियो एक्स–रे, एक्स–रे, इसीजी, २४ घण्टे इमरजेन्सी सेवा, २४ घण्टे सुरक्षित प्रसुती सेवा र ६ वटा डाइलासिस मेसिनसहितको सेवा सञ्चालनको अन्तिम तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गर्भवती जाँच सेवा, परिवार नियोजन सेवा, पाठेघरको मुखको क्यान्सर जाँच, निःशुल्क सुरक्षित गर्भपत सेवा, बच्चाहरुमा हुने कुपोषण जाँच तथा व्यवस्थापन, नेपाल सरकारबाट तोकिएका ९८ प्रकारका औषधिको निःशुल्क वितरण, नसर्ने रोगको जाँच तथा नेपाल सरकारद्वारा तोकिएका औषधि वितरण, किटजन्य कोभिडको निशुल्क जाँच, खोप कार्यक्रम, निरोगिता प्रमाणपत्र दिने सेवा सञ्चालनमा रहेको छ ।

नगर अस्पतालमा १ जना मेसु (विशेषज्ञ डाक्टर), ३ जना एमवीवीएस डाक्टरसहित ३६ जनाको जनशक्तिले सेवा प्रदान गर्नेछ । नगर प्रमुखको अध्यक्षतामा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन भइसकेको छ ।

अस्पतालको पूर्व भागमा साढे १८ करोड लागतमा भव्य ३ तले भवन निर्माणको प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । उनले निकट भविष्यमा थाइराइड जाँच र रेविज विरुद्धको भ्याक्सिन सञ्चालन गरिने जानकारी दिए ।

नगर अस्पतालले पाटन अस्पतालमा कार्यरत डा. सुनिल अधिकारीलाई मेडिकल सुपरिटेन्डेन्टको रुपमा नियुक्ति गरिसकेको छ । पाटनमा ४ वर्ष र जोरपाटीको शंकरापुर अस्पतालमा १ वर्ष बढी काम गरिसकेका डा. अधिकारीले बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्न कुनै कठिनाई नहुने जानकारी दिए । 

नगरपालिका नै नगरबासीको स्वास्थ्य सेवाप्रति जिम्मेवार बनेको उनको भनाई छ । डा. अधिकारीले स्वास्थ्य सेवामा विश्वसनीय बनाउन सबैको सकारात्मक सहयोग हुनुपर्ने बताएका छन् । उनले अस्पतालमा सुत्केरी गराउन सुरुआतबाटै स्वास्थ्य जाँच, सल्लाह सुझाव र अस्पतालबाट प्रदान गरिने सुविधा बारे जानकारी दिने बताए ।


प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण शनिबार, साउन ६, २०८०
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने शुक्रबार, साउन ५, २०८०
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ बिहीबार, साउन ४, २०८०
प्लटिङ गरिने भनेर करोडौं पैसा उठाएको भन्दै गिरीबन्धु चिया बगान सञ्चालकबीच पर्‍यो लफडा
प्लटिङ गरिने भनेर करोडौं पैसा उठाएको भन्दै गिरीबन्धु चिया बगान सञ्चालकबीच पर्‍यो लफडा सोमबार, साउन १, २०८०
राष्ट्रिय ध्वजाबाहक एयरलाइन्समा घर फर्किने सपना पूरा गराउनेछु: सुनिल
राष्ट्रिय ध्वजाबाहक एयरलाइन्समा घर फर्किने सपना पूरा गराउनेछु: सुनिल सोमबार, साउन १, २०८०
बिर्तामोड ५ का वडा सचिव ११ महिनामा ८४ दिन अनुपस्थित !
बिर्तामोड ५ का वडा सचिव ११ महिनामा ८४ दिन अनुपस्थित ! आइतबार, असार ३१, २०८०
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्