Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आयोजक विजयी  
जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आयोजक विजयी  
गोर्खा पोष्ट
गोर्खा पोष्ट बुधबार, फागुन १७, २०७९

कनकाई । नारी दिवसको अवसर पारेर झापाको कनकाईमा सञ्चालन भएको  जिल्लास्तरीय महिला  फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ ।

सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानले संचालन गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक कनकाई महिला फुटबल क्लव र शिवसताक्षी महिला फुटबल क्लब बीच भएको थियो । 

खेलको दोस्रो हाफ पछि आयोजक कनकाईका तर्फबाट लक्ष्मी श्रेष्ठले विपक्षीको जाली चुम्न सुरुवात मात्र गरिनन् लगातार चार गोल गर्न सफल भइन् । आयोजकका मनिता तुम्रुकबाट थप एक गोल गरेर ५–० को फराकिलो गोल अन्तरले आयोजक टिमले खेल जितेको हो ।

खेलको प्लेयर अफ दि म्याच आयोजक टिमकी लक्ष्मी श्रेष्ठ घोषित भइन् । उनलाई नगद २ हजार प्रदान गरिएको थियो । प्रतियोगिता अन्तरगत भोलि बिहीबार जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र बाह्रदशी महिला फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

कनकाई मावि सुरुङ्गाको खेल मैदानमा भइरहेको प्रतियोगितामा झापाका ८ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा कनकाई महिला फुटबल क्लब, शिवसताक्षी महिला फुटबल क्लब, दमक महिला फुटबल क्लब, पारिजात महिला फुटबल क्लब सालबारी, जुनतारा महिला फुटबल क्लब खुदुनाबारी, बाह्रदशी महिला फुटबल क्लब, भद्रपुर महिला फुटबल क्लब र एकता महिला फुटबल क्लब चारपानेले भाग लिएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए ।

प्रतियोगितामा विजयी टिमले पुरस्कारवापत नगद ७५ हजार र उपविजयीले ५० हजार नगद पाउने छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि कनकाई नगरपालिकाको आर्थिक सहयोग रहेको र प्रथम पुरस्कार कनकाई नगर खेलकुद विकास समितिबाट प्राप्त हुने बताइएको छ ।  


प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल यू–१९ विश्वकपमा प्रवेश
नेपाल यू–१९ विश्वकपमा प्रवेश बिहीबार, फागुन १८, २०७९
लिग टू क्रिकेटः नेपालले पायो २०८ रनको लक्ष्य
लिग टू क्रिकेटः नेपालले पायो २०८ रनको लक्ष्य बिहीबार, फागुन १८, २०७९
जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आयोजक विजयी  
जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आयोजक विजयी   बुधबार, फागुन १७, २०७९
अर्जुनधारालाई यो वर्षको राष्ट्रपति रनिङ शिल्ड
अर्जुनधारालाई यो वर्षको राष्ट्रपति रनिङ शिल्ड बुधबार, फागुन १७, २०७९
पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्‍जो नियुक्त
पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्‍जो नियुक्त बुधबार, फागुन १७, २०७९
भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई मंगलबार, फागुन १६, २०७९
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्