Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
सोमबार, असोज १५, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल र नेपालीका शुभेच्क्षुक फादर म्याथ्यू दासको निधन
नेपाल र नेपालीका शुभेच्क्षुक फादर म्याथ्यू दासको निधन
गोर्खा पोष्ट
गोर्खा पोष्ट मंगलबार, फागुन १६, २०७९

बिर्तामोड । सेण्ट जेभियर्स स्कूल देवनियाका पूर्व प्रिन्सिपल फादर म्याथ्यू दासको दुर्घटनामा परी निधन भएकोछ । सिलोङ जानेक्रममा मेघालय नजिक विपरित दिशाबाट आएको मालबाहक ट्रक अनियन्त्रित भई दास सवार बोलेरोलाई ठक्कर दिँदा बोलेरोमा सवार ६ जनाको घटनास्थमै निधन भएको बताइएकोछ ।

निधन हुनेमा फादर दास, अर्का एक शिक्षक, बलेरो चालकसहित अन्य तीनजना सिस्टर (शिक्षिका) रहेको बताइएको छ । फादर दास सेण्ट जोहन्स उच्च माध्यमिक विद्यालय बारामा आसाममा हाल प्रिन्सिपलको रुपमा सेवारत थिए । 

बिर्तामोड ८ मा रहेको सेण्ट जेभियर्स स्कूल देवनियाको स्थापना कालमा जग्गा व्यवस्थापन समितिदेखि नै उक्त विद्यालयलाई सहयोग पुर्याउदै आएका फादर म्याथ्यु केहीवर्ष अघिमात्र आसाम गएका थिए । देवनियामा रहँदा उक्त स्कूलको आमुल परिवर्तन गरी हालको अवस्थामा ल्याई पुर्याउन फादर दासको अतुलनीय योगदान रहेको अभिभावकहरु स्मरण गर्छन् ।

सेण्ट जेभियर्स स्कूल देवनियामा १० जोड दुईको कक्षा संचालनदेखि कार्यक्रम सभाहल निर्माणमा तत्कालिन अभिभावकहरुसँग आर्थिक सहयोग संकलनको अभियानदेखि मेलाको आयोजनासम्म उनै फादर दासको नेतृत्वमा भएको थियो । मिठो बोली, सरल जीवन, सबैसँग सहज घुलमिल गर्ने स्वभावका फादर दास गायन, नृत्य तथा गितार बजाउन पोख्त थिए । जसले गर्दा कार्यक्रमहरुमा अभिभावकहरु उत्तिकै रमाईलो गर्दथे । फादर दासले नेपाली गीतहरुमा पनि स्वर दिएका थिए । 

विद्यार्थीहरुको उन्नतिमा विद्यालय, विद्यार्थी र अभिभावकसँगै हिडेमात्र विद्यार्थीलाई सफल बनाउन सकिन्छ भन्ने सोच राखेका फादर दास नेपाल र नेपालीको उन्नति र प्रगति देख्न चाहने व्यक्तिका रुपमा चिनिन्थे । विद्यार्थीहरुलाई नै छोराछोरी ठान्ने उनको धार्मिक संस्कार अनुसार जीवनभर अविवाहित भएर आफूलाई शैक्षिक सेवामा समर्पित गरेका थिए फादर दासले । ५२ वर्षीय फादर दासको निधनमा सेण्ट जेभियर्स देउनियाले फागुन १५ गते शोक विदा पनि दिएको थियो । 


प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण शनिबार, साउन ६, २०८०
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने शुक्रबार, साउन ५, २०८०
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ बिहीबार, साउन ४, २०८०
प्लटिङ गरिने भनेर करोडौं पैसा उठाएको भन्दै गिरीबन्धु चिया बगान सञ्चालकबीच पर्‍यो लफडा
प्लटिङ गरिने भनेर करोडौं पैसा उठाएको भन्दै गिरीबन्धु चिया बगान सञ्चालकबीच पर्‍यो लफडा सोमबार, साउन १, २०८०
राष्ट्रिय ध्वजाबाहक एयरलाइन्समा घर फर्किने सपना पूरा गराउनेछु: सुनिल
राष्ट्रिय ध्वजाबाहक एयरलाइन्समा घर फर्किने सपना पूरा गराउनेछु: सुनिल सोमबार, साउन १, २०८०
बिर्तामोड ५ का वडा सचिव ११ महिनामा ८४ दिन अनुपस्थित !
बिर्तामोड ५ का वडा सचिव ११ महिनामा ८४ दिन अनुपस्थित ! आइतबार, असार ३१, २०८०
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्