Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
साहित्य
  • Home
  • साहित्य
  • जब ईश्वरले नारीको सृष्टि गरे
जब ईश्वरले नारीको सृष्टि गरे
विवेककेशरी प्रसाई
विवेककेशरी प्रसाई मंगलबार, पुस २६, २०७९

ईश्वरलाई नारीको सृष्टि गर्दा धेरै समय लागेछ । छैटौं दिन थियो र नारीको सृष्टि अझै अधुरो थियो, त्यसैले देवदूतले सोधेछन्ः  भगवान, यसमा यति धेरै समय किन लाग्दैछ ? 

ईश्वरले जवाफ दिनुभयोः मैले सृष्टि गर्दै गरेको चिज अत्यन्त धेरै गुणहरुले भरिपूर्ण हुनेछ । त्यसैले यसलाई सृष्टि गर्न त्यति सजिलो छैन । 

उनले थप भनेः यिनमा सबै प्रकारका परिस्थितिहरू सम्हाल्न सक्ने क्षमता छ । यिनले एकैचोटी आफ्ना सबै बच्चाहरूको हेरचाह गरेर सबैलाई खुसी राख्न सक्छिन् । खुट्टामा लागेको सानो घाउदेखि हृदयमा लागेको ठूलोभन्दा ठूलो चोटसम्मलाई यिनी आफ्नो प्रेमले निको पार्न सक्छिन् । यिनमा सबैभन्दा ठूलो गुण यो छ कि यिनी अस्वस्थ हुँदा आफ्नो हेरचाह आफैं गर्दै पनि १८ घण्टासम्म लगातार काम गर्न सक्छिन् ।

देवदूत छक्क परेर सोधेः ईश्वर, यिनको त दुईवटामात्र हात छ । यो सबै दुई हातले गर्न सम्भव छ ? 

ईश्वरले भन्नुभयोः सक्छे । यो मेरो अद्भुत सृष्टि हो । 

देवदूत नजिक गएर महिलालाई छोए अनि भनेः ईश्वर ! यिनी त धेरै नरम र नाजुक छिन् ।

ईश्वरले भन्नुभयोः हो । यी बाहिरबाट धेरै नाजुक छिन्, तर भित्रबाट धेरै बलियो छिन् । यिनीसँग हरेक परिस्थितिलाई सम्हाल्ने शक्ति छ । यिनी कोमल छिन् तर कमजोर छैनन् ।

देवदूतले सोधेः के उनी सोच्न सक्छिन् ?

ईश्वरले भनेः उनी सोच्न त सक्छिन् नै, परिस्थिति अनुसार बलवान् भएर लड्न पनि सक्छिन् ।

देवदूतले महिलाको गाला छोयो र भन्योः ईश्वर ! यहाँ त चिसो छ । यसबाट केही बगेको जस्तो देखिन्छ । 

ईश्वरले भन्नुभयोः यी उनका आँसु हुन् ।

देवदूतः आँशु किन ?

ईश्वरको जवाफः यो पनि उसको शक्ति हो । उनको लागि आँसु दुख प्रकट गर्नु को साथसाथै, प्रेम व्यक्त गर्ने र आफ्नो एक्लोपन हटाउने अनि गुनासो गर्ने माध्यम पनि हो । 

देवदूतः हे ईश्वर, तिम्रो सृष्टि अद्भुत छ । तिमीले सबै कुरा सोचेका छौं । तिमी महान छौं ।

ईश्वरः यो नारीको सृष्टि अद्भुत छ । यो हरेक पुरुषको बल हो, जसले उनीहरुलाई प्रोत्साहन गर्छ । उनी सबैलाई खुसी देखेर खुसी हुन्छिन्, हर हालतमा हाँस्छिन् । उनको प्रेममा कुनै शर्त छैन । आफ्नो मान्छेले धोका दिँदा उसको मन पनि भाँचिन्छ तर उनी हरेक परिस्थितिसँग सम्झौता गर्न पनि जान्दछिन् ।

देवदूतः ईश्वर ! तिम्रो सृष्टि सिद्ध छ ।

ईश्वरले भन्नुभयोः हैन, यसमा एउटा गल्ती पनि छ । यिनी आफ्नो महत्व आफैं बिर्सिन्छिन् !

(सर्वप्रथम त मरो मुवा अनि मेरो मुवाजस्तै यस ब्रह्माण्डको उत्कृष्ट सृजना सबै नारीहरूप्रति सप्रेम समर्पित)

(साभार विवेक केशरी प्रसाईको सामाजिक सञ्जालबाट)

तस्वीरः २०७७ फाल्गुन २३, मुवा गिरिराज कुमारी प्रसाईलाई १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बिरता लेडी जेसीजद्वारा उत्कृस्ट नारी सम्मान २०७७ बाट सम्मानित गरिएको पल।


प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
जब ईश्वरले नारीको सृष्टि गरे
जब ईश्वरले नारीको सृष्टि गरे मंगलबार, पुस २६, २०७९
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्